बलात्कार आरोपमा थापा पक्राउ

आइतबार, कात्तिक ११, २०८१
Honor 600 pro

बुटवल  । रुपन्देही प्रहरीले ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-४ बस्ने ४५ वर्षीय निर्मल थापा रहेका छन् । उनलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापाले ती ३५ वर्षीया महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले  उनलाई पक्राउ गरेको जिल्ला प्रहरी रुपन्देहीले जानकारी दिएको छ।

प्रहरीले उक्त घटना बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्