जंगली च्याउँ खाँदा रोल्पामा थप एक महिलाको मृत्यु

शनिबार, साउन १३, २०८०
honor mob  winter sales

रोल्पा । जंगली विषालु च्याउँ खादा रोल्पामा एक जनाको मृत्यु भएको छ ।

Honor x7 pad

जंगली च्याउँ खाएर बिरामी भएपछि लुम्बिनी सीटी हस्पिटल बुटवलमा उपचार गराइरहेकी रोल्पा लुङ्ग्री गाउँपालिका - ५ बुझिङ की २६ वर्षिया बिमला विकको आज बिहान उपचारको क्रममा मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।

गत असार २६ गते जंगली च्याउँ खाएर सोही ठाउँका एकै परिवारका २६ बर्षकी बिमला विक, ७ बर्षकी रोशनी विक, २४ बर्षकी दिलमाया विक (दिल्कु), ६ बर्षकी आकृती विक, र २३ बर्षकी ऋतु विक बिरामी परेका थिए ।

बिरामी परेकालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएको थियो । अवस्था जटिल बनेपछि फेरि थप उपचारको लागि असार ३१ गते लुम्विनी सिटि हस्पिटल वुटवल रुपन्देहीमा गएकामध्ये २६ बर्षिय बिमलाको  आज बिहान मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ।

जंगली च्याउँ खाएर बिरामी भएका सोही परिवारकै ७ बर्षकी बालिका रोशनी विकको श्रावण २ गते उपचारको क्रममा मृत्यु भएको थियो भने यसअघि असार २५ गते बिषालु च्याउँ खाएर बिरामी परेका सोही ठाउँका ३५ वर्षीया भिमा गुरुङ, ११ वर्षको सुशील गुरुङ र ६ वर्षको प्रेम गुरुङको निधन भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्