प्रहरीका दुई डीआईजी एआईजी बढुवाका लागि सिफारिस

सोमबार, कात्तिक ५, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीतर्फका दुई जना डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख डीआईजी किरण राणा र प्रहरी अस्पतालका डीआईजी डा.सुन्दर ह्योजुलाई आइतबार बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी राणा ११ दिनपछि कार्तिक १५ गते ५६ वर्षीय उमेर हदका कारण अनिवार्य अवकाश जाने हुँदा उनलाई सरकारले एआईजी बनाएर अवकाश पठाउन लागेको हो।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्