दाङमा ट्रक दुर्घटना हुँदा दुई युवती घाइते

शनिबार, साउन १३, २०८०
honor mob  winter sales

दाङ । दाङको घोराही- लमही  सडकखण्डको चौपट्टा नजिक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

Honor x7 pad

लमहीबाट घोराहीतर्फ जाँदै  गरेको ना ४ ख ८४८७ नम्बरको ट्रक चौपट्टा नजिकको घोराही-३ भैंसी बगाउने खोला नजिकको उकालोमा टायर पन्चर भएर ब्रेक फेल हुँदा आज दिउँसो १२ बजे दुर्घटना हुँदा ट्रकमा सवार दुई युवती घाइते भएको जिल्ला प्रहरी दाङले जनाएको छ। 

प्रहरीका अनुसार घाइते हुनेमा लमही-२ का १८ बर्षीय रबिना चौधरी र सोही स्थानका १६ वर्षीया करुणा चौधरी रहेका छन् ।

ब्रेक फेल भएर सडकबाट खोलामा खस्दै  गरेको ट्रकबाट   चालक र सह-चालक हाम फालेपनि ट्रकमा सवार दुई युवती भित्रै रहेकोले घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइते युवतीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको दाङ  प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्