बन्धक बनाएको आरोपमा जिल्ला प्रहरी बाँकेको मुद्दा शाखाका एक प्रहरीसहित ५ जना पक्राउ

आइतबार, कात्तिक ४, २०८१
honor mob  winter sales

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुई युवकलाई बन्धक बनाएको आरोपमा एक प्रहरीसहित ५ जनालाई पक्राउ गरेको छ। 

Honor x7 pad

बन्धक बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखामा कार्यरत एक प्रहरी, पूर्व वडाध्यक्षसहित ५ जनालाई  पक्राउ गरिएको हो।

प्रहरीले प्यूठान नगरपालिका-८ का पूर्व वडाध्यक्ष तथा नमस्ते यातायात प्रालिका अध्यक्ष लिलासिंह केसी, प्रालिका सचिव दिलबहादुर दसौंदी, जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखामा कार्यरत प्रहरी सञ्तोष दसौंदीसहित प्रितम गिरी र शरद गिरीलाई पक्राउ गरेको हो। 

बबई गाउँपालिका- ६ का ३७ बर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोख्रेललाई शनिबार दाङको लमही नगरपालिका-९ अमिलियास्थित ‘क्राउन होटेलवाट बन्धक बनाइ प्यूठान पुर्‍याएको आरोप उनीहरुमाथि रहेको छ।

इलाका प्रहरी कार्यालय अमिलियका प्रमुख प्रहरी निरीक्षक भवानीप्रशाद धमलाको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई प्यूठानवाट मध्यराति पक्राउ गरि दाङ ल्याएको  दाङ प्रहरी श्रोतले जानकारी दिएको छ । 

जिल्लाका उच्च प्रहरी अधिकारीहरु भने पूर्व वडाध्यसहित पाँच जना पक्राउ परेको बारे स्पष्ट रुपमा बोल्न मानिरहेका छैनन् ।

बैदेशिक रोजगार सम्बन्धी लेनदेनको बिषयमा पूर्व वडाध्यक्ष केसीको नेतृत्वलाई दाङमा आइ दुई युवकलाई बन्धक बनाइ लगेको अधिकारीहरुले बताएका छन् ।

माधव पोखरेललाई भने उनीहरुले भालुवाङमै छोडेर बुढाथोकीलाई मात्रै प्यूठान पु¥याको स्रोतले बताएको छ । मोहन बुढाथोकीमाथि उनीहरुले कुटपिटपनि गरेको पाइएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्