कोहलपुर क्षेत्रमा वेहोस पार्ने औषधि खुवाएर लूटपाट गर्ने गिरोहका दुई जना पक्राउ

शनिबार, कात्तिक ३, २०८१
honor mob  winter sales

नेपालगन्ज । बाँके प्रहरीले कोहलपुरमा वेहोस पार्ने औषधि सेवन गराई लुटपाट गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

Honor x7 pad

कोहलपुरस्थित एक होटलमा बास बस्ने बहाना गरी खाद्य पदार्थमा विषादी सेवन गराई लुटपाट गरेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके प्रहरीका अनुसार गत असोज १२ गते कोहलपुर–११ नयाँ बसपार्कस्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बहानामा आई होटेल संचालक पार्वती उपाध्यायलाई आमा नाता लगाई विश्वास जितेर असोज १५ गते राती ११ बजे उपाध्याय र उनका २ जना नातिनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहीमा घातक विषादी मिसाई खुवाई बेहोस गराई लुटपाट भएको घटनामा प्रहरीले दोषीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार होटल सञ्चालकको शरीरमा रहेको एक तोला सुनको रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथिया गरी जम्मा २।५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको नगद रु.३० हजार नगद तथा जिन्सी सामान चोरी गरी भागी फरार रहेको घटनामा प्रहरीले बिस्तृत अनुसन्धान अगाडि बढाएको थियो ।

घटना अनुसन्धानका क्रममा कार्तिक १ गते पोखरा महानगरपालिका वडा नं. १३ अमलाचौरस्थित सन्जु कोइरालालाई उनको आफ्नै घर कोठाबाट र देवघाट गाउँपालिका वडा नं ५ क्षेत्री टोलबाट कालु परियारलाई असोज ३० गते प्रहरीले चोरी भएको माल-सामानसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्