कोहलपुरमा नाबालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ५ जना पक्राउ

बिहीबार, कात्तिक १, २०८१
Honor 600 pro

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले नाबालिकालाई सामुहिक बलात्कार गर्ने ५ जनालाई पक्राउ गरेको छ।

असोज २७ र २८ गते कोहलपुर-११ सुर्खेत रोडस्थित एक होटेलमा एक नाबालिकालाई सामुहिक बलात्कार गरेको सूचना पाए पश्चात् इलाका प्रहरी कोहलपुरको टोलीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नाबालिकालाई बलात्कार गर्ने बाँकेको बैजनाथ गाउँपालिका-१ करेलीका निशान रोकाया, सोही स्थानकै डम्मर बहादुर रोकाया, सोही गाउँपालिकाको वडा नम्बर १ कै गाभर बस्ने निर्मल थापा, बिजय कार्की र  करेलीका जिबन रोकायालाई प्रहरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

उनीहरुलाई इलाका प्रहरी कोहलपुरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्