कोहलपुरका चन्द्रबहादुरको टाउको छिनालेर हत्या गरेको आरोपमा अनिल पक्राउ

मंगलबार, असोज २९, २०८१
honor mob  winter sales

कोहलपुर । कोहलपुरमा बडा दशैंको राती टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रवहादुर कामीको हत्या आरोपितलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

रोल्पाको साबिक घर्तिगाउँ  वडा नं.९ हाल माडी गाउँपालिका वडा नं.६  बस्ने २४ वर्षीय अनिल परियारलाई हत्या अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । 

अनिललाई राप्तीसोनारी गाउँपालिका-१ तिनघारी टोलस्थित भौवा नाका जाने बाटोको दायाँतर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट आज बिहान ८ बजे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अनिललाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटिएको प्रहरी टोली र इप्रका कुसुम बाँकेबाट प्रहरी नायब निरीक्षक  मोहनलाल वलीको कमाण्डमा खटिएको प्रहरी टोलीले निज परियारलाई पक्राउ गरेको हो।

बाँके प्रहरीका अनुसार कामीको टाउको घटनास्थलबाट करीब ५०० मिटर पूर्व उत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकीमा गएराती मात्रै फेला परेको  थियो । हत्या आरोपित अनिल सुनिताको दाई नाता पर्ने खुलेको छ । अनिल पाहुना पर्न सुनितामा आएका थिए । हत्याको कारण खुल्न सकेको छैन ।

कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करीब दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राती कामीको टाउको नभएको शव फेला परेको थियो । प्रहरीले गरेको विशेष अनुसन्धान पश्चात् अनिललाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्