आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

मंगलबार, असोज २९, २०८१
Honor 600 pro

विर्तामोड श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। झापास्थित अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडा  बस्ने वीरबहादुर चौहानले आफ्नै ३७ वर्षीया श्रीमती मुना चौहानको हत्या गरेका हुन्।

स्थानीय भरत कुमालको घरमा जुङ्गेघारी बस्दै आएका ४६ वर्षीय चौहानले धारिलो फलामको दाउले घाटीमा प्रहार गरेर हत्या गरी फरार भएको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले चौहानलाई गए राति नै जुकेखाडी जंगलबाट हतियारसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

चुहान जंगलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको झापा प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरेका चौहानलाई इलाका इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्