कोहलपुरमा भेटियो युवकको टाउको बिनाको शव

आइतबार, असोज २७, २०८१
Honor 600 pro

कोहलपुर । बाँकेस्थित कोहलपुर-८ मा  एक जना युवकको टाउको बिनाको शव भेटिएको छ ।

कोहलपुर- ८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार आज एकाबिहान पौने २ बजे टाउको बिनाको शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको हो । सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीका अनुसार हत्या गरिएका व्यक्तिले सामान्य मजदुरी गरी जीवनयापन गर्दै आएको खुल्न आएको छ।घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले बंगलाटोल भित्री सडकखण्ड अन्तर्गत सरस्वती टोल नजिकै उक्त  टाउको बिनाको शव फेला परेको जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्