श्रीमतीको हत्या गरि टाउको बोकेर बजारमा हिँडिरहेका युवक पक्राउ

बुधबार, असोज २३, २०८१
honor mob  winter sales

उदयपुर । प्रहरीले उदयपुरमा आफ्नै श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

श्रीमतीको टाउको बोकेर पैदल हिंडेको बेला उदयपुर प्रहरीले जिल्लास्थित त्रिवेणी नगरपालिका-६ जलजलेका ३६ वर्षीय जङ्गबहादुर घिसिङलाई पक्राउ गरेको हो।

२८ वर्षीया श्रीमती प्रमीला लामाको टाउको बोकेर मंगलबार साँझ करिब पौने ७ बजेतिर घिसिङलाई पक्राउ गरेको उदयपुरका एसपी हरिहर नाथ योगीले बताए।

प्रारम्भिक अनुसन्धानमा असोज १३ गते भारतबाट फर्किएका घिसिङले सोही नगरपालिकाको जलजलेमा चिया व्यापार गर्दै आएकी श्रीमतीसँग भएको विवादपछि हत्या गरेको खुल्न आएको उदयपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार चिया व्यापारसँगै प्रमिला कोरियन भाषा पनि पढ्दै आएकी थिइन् । उनीहरुको करिब दुई वर्षदेखि राम्रो सम्बन्ध नभएको बताइएको छ। उनीहरुका दुई छोरा छन् ।

उदयपुर प्रहरीले पक्राउ परेका घिसिङसँग घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्