१ करोड बढीको अवैध सामाग्रीसहितको कन्टेनर नियन्त्रणमा

शनिबार, साउन १३, २०८०
honor mob  winter sales

झापा। भन्सार नतिरी एक करोड रुपैयाँ बढीको अवैध सामाग्री ल्याएर नेपाल भित्रिएको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Honor x7 pad

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गएको टोलीले  गए राती विना भन्सार भारतबाट काँकडभिट्टा भित्रिएको   ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झापाले जनाएको छ।

नियन्त्रणमा लिइएको कन्टेनरमा  बाजा बजाउने झ्याम्टा, हुक्का तान्ने सिसा, साबुन लगायतका सामाग्री रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीको चेकजाँचकामा कन्टेनरभित्र रहेका  समानहरूको भन्सार रसिद नभएको हुँदा नियन्त्रणमा लिइएको जनाइएको छ।  कन्टेनरका चालक फरार रहेका छन् ।

प्रहरीका अनुसार कन्टेनरमा २० लाखको अफजल फ्लेवर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४ सय ६५ केजी काँसको झ्याम्टा, १२ हजार ५ सयको २५ कार्टुन बारबरको लुगाधुने साबुन लगायत अन्य सामाग्री रहेका छन् ।

नियन्त्रणमा लिइएको गाडीसहित १ करोड २१ लाख २७ हजार ५ सय मूल्यका अवैध सामाग्रीलाई  आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्