नेपालगन्जबाट दुई लाख बढीको पटाका बरामद

शनिबार, असोज १९, २०८१
honor २२ sept

नेपालगन्ज । नेपालगन्जका विभिन्न स्थानबाट वडा प्रहरी कार्यालयले ठुलो परिमाणमा पटाका बरामद गरेर नष्ट गरेको छ।

X7D

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज अरुण बम नेतृत्वको गस्ती टोलीले नेपालगन्ज-५ बाट दुई लाख बढीको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

बाँके प्रहरीका अनुसार बरामद गरिएको सबै पटाकालाई वडा प्रहरीले  जनप्रतिनिधि, पत्रकार तथा स्थानीयहरुको रोहवरमा नष्ट गरेको हो।

चाडपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाका भित्रिन सक्ने भन्दै वडा प्रहरीसँगै सीमा नाकामा अहिले नेपालगन्जको जमुनाह, भन्सार सुरक्षा गार्ड र इलाका प्रहरी कार्यालय जयसपुरको टोलीले  पनि निगरानी बढाउँदै आएको छ।

 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्