११ करोडको सुनसहित दुई जना भारतीय युवक पक्राउ

शनिबार, असोज १९, २०८१
honor mob  winter sales

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाबाट ८ किलो बढी अवैध सुन बरामद गरेको छ।  आज बिहान ३ बजे हेटौँडा–१५ रातोमाटेबाट ११ करोड रुपैयाँ बढीको ८ किलो ४३९७ ग्राम अवैध सुन बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

Honor x7 pad

मकवानपुरका एसपी विश्वराज खड्काका अनुसार  बरामद गरिएको ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको  सुनसहित दुई जनालाई पक्राउ गरिएको छ।  सुनसहित भारतको महाराष्ट्रस्थित सांगली जिल्लाको दिघंची थाना पुजारवाडी बस्ने  २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही ठाँउका २७  वर्षीय राहुल भिट्टिहाल बाड रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुलाई हेटौँडा-१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुन बरामद गरेको जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको सुन उनीहरुले कालो टेपले  बाँधेर शरीरमा  बेरेर बिस्कुटको आकारको ८ थान सुन लिएर जाँदै गरेको जनाएको छ। उनीहरुले सुरुमा जनकपुरबाट सुन लिएर पथलैयासम्म बस आएको र  पथलैयाबाट भने उनीहरू स्कुटरमा हेटौँडातर्फ आउँदै गर्दा पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका उनीहरुले काठमाडौँको गौशालामा सुन बुझाउन जान लागेको खुल्न आएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। 

मकवानपुर प्रहरीले बरामद गरिएको उक्त ११ करोड रुपैयाँ बढीको सुन र पक्राउ परेका दुबै जनालाई आबश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउन लागिएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्