९९ ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट दुई जना पक्राउ

बुधबार, असोज १६, २०८१
honor mob  winter sales

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

आज नेपालगन्ज-२० स्थित राँझाबाट लागुऔषध नियन्त्रण व्युरो कञ्चनपुर, लागुऔषध व्युरो नेपालगन्ज र जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले ९९ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा गएको टोलीले राँझास्थित लाल चन्द्र कामीको डेरामा खानतलासी गर्ने क्रममा भारतको रुपैडिया बस्ने राहुल शुक्ला र कामीलाई रंगेहात ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले खानतलासी गर्ने क्रममा राहुलले लगाएको पाइन्टको दायाँ खल्तीबाट प्लाष्टिकको दुई पोकामा रहेको ९९ ग्राम ब्राउन सुगर र कामीको कोठाबाट लागु औषध जोख्न प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको ९९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्