धादिङ प्रहरी प्रमुख पनि हेडक्वार्टर फिर्ता

सोमबार, असोज १४, २०८१
Honor 600 pro

काठमाडौं । धादिङ प्रहरी प्रमुख एसपी गौतम केसी पनि हेडक्वार्टर तानिएका छन् ।

प्रहरी हेडक्वार्टर नक्सालले एसपी केसीलाई फिर्ता बोलाएको हो। एसपी केसीलाई हटाएर उनको स्थानमा एसपी दीपेन्द्र शाहीलाई धादिङ पठाएको छ।

प्रहरी हेडक्वार्टरले एसपी केसीले बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नगरेको भन्दै फिर्ता बोलाएको हो।

एसअघि नै धादिङ र काभ्रेका सीडीओ गृह मन्त्रालय तानिसकेका छन् 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्