लागुऔषधसहित तीन जना नेपालगन्जबाट पक्राउ

शुक्रबार, असोज ११, २०८१
honor mob  winter sales

नेपालगन्ज बाँकेको नेपालगन्जबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

नेपाल प्रहरीले आजको दैनिक बुलेटिनमार्फत ३ सय मिलिग्राम लागुऔषधसहित तीन जनालाई नेपालगन्जबाट बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीको टोलीले  नेपालगन्ज-४ मा  बस्दै आएका २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकीलाई सोही वडाबाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनासँह बाँके प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्