नेपालगन्जबाट सवा २ लाख बढीको अवैध लत्ताकपडा बरामद

बिहीबार, असोज १०, २०८१
Honor 600 pro

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरि ल्याइएको ठुलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको छ।

बाँके प्रहरीको टोलीले नेपालगन्ज-४ बसपार्क आसपासबाट अवैध रुपले ल्याइएको लेडिज कटन सुट, लेडिज सारी, उलन कुर्ता, बर्को र मखमलको कपडा लगायतका अन्य लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

बाँके प्रहरीले बरामद गरेको २ लाख २४ हजार ७ सय रुपैयाँ बराबरका सबै अवैध लत्ताकपडालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जानकारी दिएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्