२४ प्रहरीलाई तत्काल हाजिर हुन निर्देशन, अटेरी गरे बर्खास्त

बिहीबार, असोज १०, २०८१
Honor 600 pro

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि सम्पर्कविहीन भएका २४ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ।

आज एक सूचना जारी गर्दै लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका २४ जना प्रहरीलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन प्रधान कार्यालय निर्देशन दिएको हो।

सम्पर्कविहीन भएका ती प्रहरी कर्मचारीलाई खोजतलास गर्दा सम्पर्क हुन नसकेपछि आज प्रहरी प्रधान कार्यालयले उपस्थित हुन सूचना जारी गरेको हो।

तोकिएको समयमा हाजिर नभएमा सेवाबाट हटाइने र भबिष्यमा कुनै सरकारी जागिरको लाभ लिनबाट बन्चित गराइने समेत जनाइएको छ।

को-को हुन् सम्पर्कविहीन हुने प्रहरी कर्मचारी ?

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्