बाढीमा बेपत्ता भएका घोराहीका युवक सुनिलको शव भेटियो

शुक्रबार, साउन १२, २०८०
Honor 600 pro

दाङ । बाढीले बगाएर बेपत्ता बनाएका घोराहीका सुनिल पुन मगरको शव फेला परेको छ।

घोराही-७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका घोराही-१० का २८ वर्षीय पुनलाई साउन ९ गते अपराह्न साढे ४ बजेतिर जंगुवा खोलामा आएको बाढीले बगाएको थियो।

उनको शब चार दिन पछि आज दिउँसो फेला परेको छ।

लगातार खोजीमा आज दिउँसो पौने एक बजेतिर घटनास्थल भन्दा करिब तीन सय मिटर दक्षिणमा शब फेला परेको जिल्ला प्रहरी दाङका प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिएका छन्  ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्