धनुषाको प्रहरीको हिरासतबाट एकैपटक ८ जना थुनुवा फरार

सोमबार, असोज ७, २०८१
Honor 600 pro

जनकपुर । धनुषाको प्रहरी हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । गए राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट एकैपटक ८ जना थुनुवा फरार भएको धनुषा प्रहरीले जनाएको छ।

फरार हुनेमा सबै लागुऔषध मुद्दा र अभद्र व्यवहारमा पक्राउ परेका हुन् ।प्रहरीको हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

प्रहरीले दिएको जानकारी अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका विशाल मुखिया रंजित मण्डल, रोशनकुमार मण्डल, अमितकुमार झा,अभास्कर कुमार यादव र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक हुन् ।

फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।

हिरासतको भेन्टिलेटर फोडेर फरार भएपछि उनीहरुको रातिदेखि नै खोजीकार्य तिब्र पारिएको धनुषा प्रहरीले जानकारी दिएको छ। हिरासत कक्ष बाहिर प्रहरी ड्युटी हुँदाहुँदै उनीहरु कसरी फरार भए भन्ने बारेमा झनै रहस्य बनेको छ।

प्रहरीले उनीहरु जान सक्ने सम्भावित स्थान र सीमा नाकामा कडा जाँच सुरु गरेको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्