२५ लाख बढीको कर्जामा प्यान नम्बर अनिवार्य

शुक्रबार, साउन १२, २०८०
honor mob  winter sales

काठमाडौं । २५ लाख भन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ।

Honor x7 pad

बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टाछुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको हो।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो । यसअघि रु ५० लाख वा सोभन्दा बढीको कर्जामा प्यान अनिवार्य थियो । 

ऋणीले स्थायी लेखा नम्बर लिएको हुनुपर्ने सम्बन्धमा बैंक तथा वित्तीय त्यस्तै, ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले रु  २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा पनि अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने संशोधनमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्