कपिलवस्तुबाट पेस्तोलसहित दुई भारतीय पक्राउ, ३ थान बन्दुक बरामद

शनिबार, असोज ५, २०८१
Honor 600 pro

काठमाडौं ।  ताप्लेजुङ र कपिलवस्तुबाट हातहतियारसहित दुई भारतीयसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले कपिलवस्तुस्थित कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट ५ राउन्ड गोली लोड गरिएको पेस्तोल र एक खोकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मेड इन कानपुर लेखेको पेस्तोलसहित पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित पिपरागाउँका ३२ वर्षीय प्रितम कुमार र सोही स्थानकै २५ वर्षीय सुरज दुवेदी रहेका छन् । उनीहरु दुबै जना यूपी ५१ एम ०५३६ नम्बरको मोटरसाइकलबाट चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको अवस्थामा बहादुरगन्जबाट पक्राउ गरेको हो।

त्यसैगरी ताप्लेजुङ प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। ताप्लेजुङको फक्तालुङ गाउँपालिका-५ का जित बहादुर लिम्बुलाई एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनको घर तलासी गर्ने क्रममा बन्दुक फेला पारेको जनाएको छ।

प्रहरीले ताप्लेजुङकै  फक्तालुङ गाउँपालिका-५ स्थित देबिस्थान जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुकसमेत फेला पारेको जनाएको छ।

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्