क्यानडा पठाउने भन्दै १८ लाख बढी लिएर फरार भएका युवक काठमाडौंबाट पक्राउ

शुक्रबार, असोज ४, २०८१
honor mob  winter sales

काठमाडौं । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको सपना देखाएर क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गरेर सम्पर्कविहीन भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

क्यानडा लैजाने भनेर दुई जना युवायुवतीबाट १८ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका गोरखास्थित आरुघाट गाउँपालिका-१० का  ३४ वर्षीय रामहरि भण्डारीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो।

पीडितहरुले दिएको जाहेरीका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलबाट  पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका  अनुसार  भण्डारीलाई असोज ३ गते पक्राउ गरेर आबश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्