बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर पोखरेल पक्राउ

शुक्रबार, साउन १२, २०८०
honor mob  winter sales

काठमाडौं । बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरि कुमार पोखरेल पक्राउ परेका छन् ।

Honor x7 pad

आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंमा डीएसपी अनिल अधिकारीले बताए।

ती किशोरीले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  सामाजिक सन्जालमा भिडियो पोस्ट गरेकी थिइन् ।

त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेका थिए।

प्रहरीले  सोही अस्पतालबाट पोखरेललाई आज बिहान पक्राउ गरेको जनाएको छ। प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्