स्वास्थ्य क्षेत्रमा डुडुवा गाउँपालिका उत्कृष्ट

मंगलबार, असोज १, २०८१
honor mob  winter sales

बाँके ।  स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८०-२०८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिका मुल्याकंनमा उत्कृष्ट भएको हो । मूल्याकंनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्तर्गत  विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो ।

Honor x7 pad

जिल्लाका स्थानीय तहहरुले प्रवाह गर्ने सेवाबारेको जिल्ला स्तरीय समिक्षात्मक गोष्ठिमा डुडुवा गाउँपालिकालाई उत्कृष्टताको प्रमाण पत्र प्रदान गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताए। उनका अनुसार डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबै भन्दा बढी ७२ दशमलव ४२ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको छ । 

डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवा लिन सहज भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए ।जिल्लाबाट प्राप्त उत्कृष्टताको प्रमाणपत्रलाई स्वास्थ्य शाखा प्रमुख शर्माले पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष शाहिदा बानोलाई हस्तान्तरण गरेका हुन्  । 

डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार अहिले पालिकाका तीन वटा स्थानमा निशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको छ । 

मुल्यांकनमा जानकी गाउँपालिका दोस्रो, खजुरा गाउँपालिका तेस्रो, राप्तीसोनारी चौथो, कोहलपुर नगरपालिका पाँचौं, नरैनापुर छैठों, बैजनाथ सातौं र नेपालगञ्ज आठौं स्थानमा रहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्