रास्वपाका पूर्व सांसद श्रेष्ठ लागुऔषध प्रकरणमा पक्राउ

शुक्रबार, भदौ २८, २०८१
Honor 600 pro

कास्की।  लागुऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध बिक्री गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोकस्थित दिया फार्मेसी सञ्चालक हुन् । गत साउन ३ मा पक्राउ परेका रोल्पाका प्रकाश थापामगरले श्रेष्ठको नाम पोलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

यसअघि उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद हुन् । सांसद रहेकै अवस्थामा व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो बाहिरिएपछि रास्वापाद्वारा पदबाट हटाइएका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्