ललितपुरमा सञ्चालित कल सेन्टरमा सीआईबीको छापा, विदेशीसहित ५० जना पक्राउ

बिहीबार, भदौ २७, २०८१
Honor 600 pro

ललितपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फिलिपिनी र चिनियाँ नागरिकले ललितपुरको सानेपामा सञ्चालन गरेको कलसेन्टरमा छापा मार्दै केही विदेशीसहित ५० जनालाई पक्राउ गरेको छ।

सीआईबीले छापा मारेर एक जना फिलिपिनी र २ चिनियाँ नागरिकसहित ५० जनालाई पक्राउ गरेको जनाएको छ।

उक्त कल सेन्टरमा अनलाइन जुवा लगायत क्रिप्टो कारोबार हुने गरेको विशेष सूचनाका आधारमा सीआईबीले गएराति छापा मारेको हो।

पक्राउ परेकाहरुसँँग थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ। 

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्