सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा दुई जना पक्राउ

आइतबार, भदौ २३, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी  एक जना महिलाको हत्या भएको प्रमाण फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंस्थित गोकर्णेेश्वर नगरपालिका-१ सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

काठमाडौं प्रहरीका अनुसार बिहीवार सुन्दरीजलमा ढुङ्गाको चेपभित्र मजदुरी गरेर जिविका चलाउँदै आएकी राम दुलारी नाम गरेकी महिलाको शव फेला परेको थियो। प्रहरीको अनुसन्धानमा ती महिलाको हत्या भएको खुल्न आएपछि उनीहरु दुई जनालाई बसुन्धराबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार प्रेम सम्बन्धकै कारण हत्या भएको हुन सक्ने देखिएको हुँदा यस घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्