सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ

आइतबार, भदौ १६, २०८१
honor mob  winter sales

बुटवल । रुपन्देहीमा एक युवतीलाई सामूूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ। 

Honor x7 pad

जिल्लास्थित कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरीसहित वडा नम्बर ३ का  बन्टी भन्ने शैलेश पाण्डेलाई युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार सामूूहिक बलात्कारको घटना भदौ ५ गते घटेको भएपनि शनिबार मात्रै जाहेरी परेपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका कर्मचारीसहित तीनै जनाले पीडित युवतीलाई जागिरको प्रलोभन दिएर बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

रुपन्देही प्रहरीले अदालतबाट म्याद थप गरेर उनीहरुसँँग थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्