त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

बिहीबार, साउन ११, २०८०
honor २२ sept

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई अवैध सुनसहित पक्राउ गरेको छ। 

X7D

कतारबाट काठमाडौं विमानस्थलमा अवतरण गरेर अवैध रुपमा भन्सार छलेर  लैजान लागेको ५८ ग्राम सुनसहित  भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा बुझाइएको छ।

गत साउन ३ गते करिब एक सय किलो अवैध सुनको प्रकरण चर्किरहेका बेलामा सुनको अवैध धन्धा कायमै रहेको हो । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्