नेपालगञ्जमा सुरु भयो अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल 'सिने रोयल'

बिहीबार, साउन ११, २०८०
honor mob  winter sales

नेपालगञ्ज। नेपालगञ्जमा अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल 'सिने रोयल' सञ्चालनमा आएको छ।

Honor x7 pad

आज एक कार्यक्रमका बीच हलको उद्घाटन गरिएको छ । उद्घाटनका अवसरमा पत्रकार सम्मेलन गरेर हलबारे जानकारी गराइएको थियो । आज पहिलो दिन निःशुल्क फिल्म समेत देखाइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको हलमा भोलिदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने भएका छन् ।

नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्सन ‘ मा आधारित ३ वटा स्क्रिन भएको सिने रोयलको दुई वटा हल २ सय ५० र २ सय ५० क्षमताको तथा तेस्रो हल १ सय ५० सिट क्षमताको रहेको 'सिने रोयल' का प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए ।

२५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्