कोहलपुरमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिए शाही

शनिबार, असार २३, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँकेको कोहलपुरमा एक जना पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

Honor x7 pad

कोहलपुर- ५ स्थित शान्तिटोल नजिक  ३६ वर्षीय मनिष शाही आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुर जानकारी दिएको छ।

मृतक शाही केही दिनअघि मात्र भारतबाट  आएर घरमा एक्लै घरमा बस्दै आएको बुझिएको छ। प्रहरीका अनुसार घरमा कोहि नभएको अवस्थामा  शाही आफै झुण्डिएको हुनसक्ने अनुमान छ।

मृतकको शव हेर्दा भारतबाट आएका शाही केहि दिन पहिला नै  झुण्डिएको हुनसक्ने प्रहरीले बताएको छ। प्रहरीले शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएको छ । 

प्रहरीले घटनाबारे थप अनुसन्धानमा जुटेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्