बुवाको हत्या अभियोगमा छोरा पक्राउ

मंगलबार, साउन २९, २०८१
Honor 600 pro

सिन्धुली। आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पन्चचौरीस्थित लामपातेका २१ वर्षीय अमृत (घिमिरे) विकले आफ्नै ५८ वर्षीय बुवा लालबहादुर (घिमिरे) विकको हत्या गरेको आरोपमा पक्राउ परेको सिन्धुली प्रहरीले जानकारी दिएको छछोरा अमृतले गएराति सुतिरहेका बुवा लालबहादुरको टाउकोमा बन्चरोले प्रहार गरी हत्या गरेको सिन्धुली प्रहरीले जनाएको छ।

मृतक लालबहादुरका अमृत उनका माइला छोरा हुन्। 

अमृतले बुवा लालबहादुरको हत्या गरेको खबर पाएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। यस घटनाबारे सिन्धुली प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्