महोत्तरी एनएमबी बैंक लूटपाट घटनामा एक भारतीय युवक पक्राउ

बिहीबार, साउन ११, २०८०
honor mob  winter sales

महोत्तरी । गत जेठ १६ गते महोत्तरीमा एनएमबी बैंकमा लुटपाट घटनामा संलग्न एक जना भारतीय युवक पक्राउ परेका छन् । 

Honor x7 pad

महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट घटनाम भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफीलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ।

गत जेठ १६ गते बैंक लुटपाट घटनामा १५ लाख लुटेको घटनामा साफी पनि संलग्न रहेको प्रहरीले जानकारी दिएको छ।

लूटपाटमा चार- पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । 

डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । 

लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्