जुवाखालबाट 'सक्किगो नी' का इन्स्पेक्टर पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ

आइतबार, साउन २७, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौं प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा टिभी सिरियल 'सक्किगोनी' का इन्स्पेक्टर पुरुषोतम आचार्य र  प्रदेशसभा सदस्यसहित एघार जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं महानगरपालिका-८ गौरीघाटबाट कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार  शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महतलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ लाख ५० हजार र १६ बुक तास बरामद गरेको हो। उनीहरुलाई गौरीघाटस्थित राजु महतको कोठाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी वृत्त गौशालाले पक्राउ परेकाहरुसँँग थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्