माइतीघरको राष्ट्रिय झण्डाको पोलमा चढेकी युवतीको उद्धार

शनिबार, साउन २६, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा रहेको राष्ट्रिय झण्डाको पोलमा  चढेर एक युवतीले हाम फाल्ने   प्रयास गरेकी छन् । पोलमा चढेकी ती महिलालाई प्रहरीले सकुशल उद्दार गरेको छ।

दुई वर्षसम्म लिभिङ रिलेसनमा बसेर केटाले विवाह गर्न नमानेको भन्दै लामो समयदेखि माइतीघरमा धर्ना दिदै आएकी तारा शाही नामक ती युवती आज दिउँसो राष्ट्रिय झण्डा राखिएको ठुलो पोलमा चढेकी हुन् । 

उनले आफू धर्ना बस्दा छोडेर गएको ब्यानर हराएको भन्दै उनी पोलमा चढेको बताएकी छिन् । उनले त्यसो बताएपनि ब्यानर खोज्न पोलमा चढ्नु भन्दा कतै उनी आत्महत्या गर्ने प्रयासमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्