नेपालगन्ज विमानस्थलबाट श्रोत नखुलेको २४ लाख रुपैयाँसहित ५ भारतीय पक्राउ

बिहीबार, साउन २४, २०८१
Honor 600 pro

बाँके  । जिल्ला प्रहरी बाँकेले नेपालगन्ज विमानस्थलबाट श्रोत नखुलेको २४ लाख रुपैयाँसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

नेपालगन्ज विमानस्थलमा चेकजाँच गर्ने क्रममा काठमाडौं जान लागेका भारतको उत्तर प्रदेशका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय  आशिष गुप्ता, ३९ वर्षीय पङ्कज जयसवाल र ४६ वर्षीय विमल गुप्ताबाट श्रोत नखुलेको २४ लाख रुपैयाँ नगद बरामद गरेको हो।

बाँके प्रहरीले उनीहरु हुन्डी कारोबारी भएको बताउँदै सोही कसुरमा जिल्ला अदालत बाँकेबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्