त्रिभुवन विमानस्थलबाट ठुलो परिमाणमा विदेशी मुद्रा बरामद

बिहीबार, साउन २४, २०८१
Honor 600 pro

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठुलो परिमाणमा विदेशी मुद्रासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौंबाट थाई एयरवेजको जहाजमा बैंंकक जान लागेका काठमाडौं महानगरपालिका-२२ का ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ घर भएका ३० वर्षीय दीपेश भुसाललाई प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल भित्रबाट पक्राउ गरेको हो।

विमानस्थल सुरक्षा प्रहरीका अनुसार पक्राउ परेका महेशमानको साथबाट १६ हजार ५५० युरो र १० हजार क्यानडियन डलर, मानवको साथबाट ८ हजार ९५० युरो र ३६ सय ६० थाई भाट बरामद भएको हो।

त्यसैगरी प्रहरीले दीपेशको साथबाट १३ हजार ४ सय युरो , ३ हजार ४ सय स्वीस फ्रान्क, ४ हजार ५ सय क्यानडियन डलर, १८ हजार साउदी रियाल,२ हजार थाई भाट र ४ लाख ९० हजार जापानी येन बरामद गरेक्प त्रिभुवन विमानस्थल प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पक्राउ  उनीहरुलाई बरामद गरेको विदेशी मुद्रासहित आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग बुझाएको जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्