बलात्कारको आरोपमा प्युठान र पाल्पाबाट ३ जना पक्राउ

बिहीबार, साउन २४, २०८१
honor mob  winter sales

प्युठान । ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठान प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले मल्लरानी गाउँपालिका -२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जनाएको छ। 

Honor x7 pad

प्रहरीका अनुसार ती युवक केशवले बालिकालाई आफ्नै गोठमा लगेर बलात्कार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

त्यस्तै पाल्पा प्रहरीले ६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ४७ वर्षीय धनबहादुर कामीलाई पक्राउ गरेको छ।

प्रहरीले पाल्पास्थित पूूर्वखोला गाउँपालिका-१ का धनबहादुरलाई ती महिलालाई बलात्कार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेको हो। 

त्यसैगरी पाल्पाकै तानसेन नगरपालिका-७ कुन्सरेका ४३ वर्षीय ईन्द्रबिर झेडीलाई १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गएराति पक्राउ गरेको छ।प्रहरीले पक्राउ गरेका सबैविरुद्ध थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्