सुन तस्करलाई गोदाम खोजिदिएको आरोपमा तामाङ पक्राउ

बुधबार, साउन १०, २०८०
honor २२ sept

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ क्विन्टल सुन प्रकरणमा आज थप एक जनालाई पक्राउ गरेको छ।

X7D

सुन तस्करहरुलाई गोदाम खोजिदिएको आरोपमा विभागले सशस्त्र प्रहरीको सहयोगमा सुरेन्द्र तामाङलाई काठमाडौंबाट पक्राउ गरेको हो।

तामाङले सुन कारोबार गर्नेहरुलाई गोदामको व्यवस्थापन गरिदिएको आरोप लागेपछि पक्राउ गरिएको विभागले जनाएको छ।

अहिलेसम्म १ क्विन्टल सुन प्रकरणमा विभागले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ।

 

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्