प्रहरीका ३ जना एआईजीको सरुवा, रामदत्त जोशी एआईजीमा बढुवा

बुधबार, साउन २३, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ।

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका एआईजी श्यामलाल ज्ञवालीलाई ५ महिनामै सरुवा गदै प्रदेश समन्वय विभागमा पठाएको छ।

त्यस्तै उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाको सीआईबीमा सरुवा गरेको छ भने उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यको सरुवा भएको छ। 

त्यसैगरी प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई सरकारले एआईजीमा बढुवा गरेको छ। उनको प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापन भएको छ। 

 

 

 

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्