८ किलो गाँजासहित बर्दियाकी एक महिला बाराबाट पक्राउ

आइतबार, साउन २०, २०८१
Honor 600 pro

बारा। प्रहरीले बाराको एक जंगलबाट ८ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।

आज बिहान बारास्थित प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले  जीतपुर सिमरा उपमहानरपालिका-१  आधाभार जंगलबाट बर्दियाकी एक महिलालाई ८ किलो गाँजासहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा बर्दियास्थित मधुवन नगरपालिका-७ की २५ वर्षीया प्रियंंका श्रेष्ठ रहेकी  छिन् ।

प्रहरीको गस्ती टोलीलाई श्रेष्ठलाई जंगलमा कालो ब्याग भिरेको अवस्थामा एक्लै उभिएको देखेपछि सोधपुछ गर्दा उनीबाट गाँजा बरामद गरेको बारा प्रहरीले जनाएको छ।

बारा प्रहरीले पक्राउ परेकी श्रेष्ठसँँग थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्