पेस्तोलसहित दुई भारतीय युवक पक्राउ

शुक्रबार, साउन १८, २०८१
Honor 600 pro

लहान । पेस्तोलसहित नेपाल आएका दुई भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका-५ महेशबारी  चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । 

प्रहरी परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्