उडिरहेको जहाजभित्रै एयर होस्टेजलाई दुर्व्यवहार गर्ने श्री एयरका एक यात्रु पक्राउ

बुधबार, साउन १६, २०८१
Honor 600 pro

काठमाडौं । कैलाली प्रहरीले श्री एयरलाइन्सका एक यात्रुलाई एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ। 

काठमाडौंदेखि धनगढीका लागि उडेको श्री एयरलाइन्सका एयर होस्टेज बिबाद गर्दै अन्य यात्रुलाई समेत दुर्व्यवहार गरेको आरोपमा कैलालीका शिवराज ओझालाई पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ।

उनलाई जहाजले अवतरण गरे लगत्तै जहाजभित्रैबाट समातिएको प्रहरीले जनाएको छ।

मंगलबार भएको श्री एयरको उडानका क्रममा सुरुमा एयर होस्टेज र पछि अन्य यात्रुहरुसँँग बिबाद बढेपछि सबैलाई दुर्व्यवहार गरेका गोदावरी नगरपालिका-१ का ओझालाई पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा चलाएर कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्