सीआईबीका एआईजी श्याम ज्ञवालीमाथि छानबिन हुँदै

बुधबार, साउन १६, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ। एआईजी ज्ञवालीले चेनअफ कमाण्ड उल्लंघन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन थालेको हो।

एआईजी ज्ञवालीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालय नक्सालले अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति गठन गरेको छ। हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका एआईजी ज्ञवालीलाई हटाएर अर्का एआईजीलाई पठाउने उदेश्यका साथ छानबिन सुरु गर्न लागिएको पाइएको छ।

ज्ञवालीविरुद्ध आईजीपीको सचिवालयमा परेका उजुरीको आधारमा छानबिन गर्न लागिएको बताइएको छ। त्यहाँ परेको उजुरीमा एआईजी ज्ञवालीले पदीय आचरण दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको उल्लेख भएको बताइएको छ।

रवि लामिछाने गृहमन्त्री भएका बेला सुन तस्करी प्रकरणमा सफल अनुसन्धान गरेकी एआईजी किरण बज्राचार्यलाई हटाएर ज्ञवालीलाई सीआईबी सरुवा गरिएको थियो। एआईजी ज्ञवालीमाथि चेनअफ कमाण्ड उल्लंघन र सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणका आरोपीसँँग चलखेल गरेको आरोप लगाइएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्