कैलाली प्रहरीले खोजेको फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गर्‍यो बर्दिया प्रहरीले

मंगलबार, साउन १५, २०८१
Honor 600 pro

कैलाली । प्रहरी प्रधान कार्यालय कर्तव्य ज्यान मुद्धामा २० वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई बर्दिया प्रहरीले पक्राउ गरेको जनाएको छ।

घटना हुँदा कैलालीको भजनी नगरपालिका-८ घर भएका ४७ वर्षीय लल्लन जागालाई सजाय पाएर फरार भएको २० वर्षपछि पक्राउ गर्न सफल भएको हो।

जिल्ला अदालत कैलालीले २०६१ जेठ ३० गतेको दोषी ठहर भएको फैसला गरेयता फरार रहेका जागालाई सोमबार बर्दिया जिल्लाबाट  पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

फरार जागालाई बर्दियाको मधुवन नगरपालिका-४ ढोडरीको बेलुवा चोकबाट इलाका प्रहरी कार्यालय राजापुरको टोलीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनी कैलाली प्रहरीलाई बुझाएको हो।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्