खैरो हेरोइनसहित दुई युवक पक्राउ

मंगलबार, साउन १५, २०८१
Honor 600 pro

काठमाडौं । खैरो हेरोइनसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बालाजुले काठमाडौंको तारकेश्वर नगरपालिका-२ जरङखुबाट ८.५ ग्राम खैरो हेरोइनसहित दुई युवकलाई आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसरका अनुसार खैरो हेरोइनसहित पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या घर भएका २२ वर्षीय रोशन थापा र ३० वर्षीय राकेश बलामी रहेका छन् ।

पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्