खुकुरी देखाएर सुन लुट्ने ५६ वर्षीय रामबहादुर पक्राउ

शनिबार, साउन १२, २०८१
Honor 600 pro

काठमाडौं । प्रहरीले खुकुरी देखाएर लूटपाट गर्ने ५६ वर्षीय एक व्यक्तिलाई काठमाडौंको चन्द्रागिरिको दहचोकको विन्दावासिनी क्षेत्रबाट पक्राउ गरेको छ।

प्रहरी प्रभाव कलंंकीबाट खटिएको टोलीले खुकुरी देखाएर लूटपाट गरेको आरोपमा चन्द्रागिरि-१ दहचोक कालुपाँडे विन्दावासिनी क्षेत्रबाट ५६ वर्षीय रामबहादुर लामालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

कालुपाँडे विन्दावासिनी क्षेत्रमा केही व्यक्तिले खुकुरी देखाएर लूटपाट गरिरहेको सूचना आएपछि गएको प्रहरीको टोलीले हेटौंडा उपमहानगरपालिका-७ घर भई हाल कलंंकी बस्दै आएका लामालाई दुई थान खुकुरी र सुनका गरगहनासहित पक्राउ गरेको परिसरले जानकारी दिएको छ।

प्रहरीले लामाको साथबाट एक थान मोबाइल र ७ तोला सुनका गहना बरामद गरेको जनाएको छ। पक्राउ परेका लामासँँग अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्