युवकको मृत्युले आक्रोशित आफन्तले गरे अस्पताल तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

शनिबार, साउन १२, २०८१
honor २२ sept

धनगढी । कैलाली सदरमुकाम धनगढीस्थित नोभा हस्पिटलमा प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। हस्पिटलमा उपचाररत एक युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको अस्पतालको भिडलाई तितरबितर बनाउन प्रहरीले आज दिउँसो अश्रुग्यास हानेको हो।

X7D

जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएपछि अस्पतालको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आफन्तजनको विरोधले तनाव सिर्जना भएको थियो । सामान्य स्वास्थ्य समस्या लिएर आएका उनको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोज्दा तनाव सिर्जना भएको प्रहरीले जनाएको छ।

मृतकका आफन्त रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै आफूहरूले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरे पनि अस्पतालले न त उचित उपचार गरेको, न त रिफर नै गरेको जानकारी दिए। अहिलेसम्म मृतकका आफन्तले शव बुझेका छैनन्  भने यता अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरेको छ।

अहिले अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी ल्याइएको  छ । स्थिति झनझन उग्र बनेपछि प्रहरीले ४ सेल अश्रुग्याँस  समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  मृतक पक्षले अस्पताल तोडफोड गर्ने क्रममा   र प्रहरीबीच झडप हुँदा दुई जना घाइते भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्